भदौ ३, काठमाण्डौ । सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै गाईजात्राका दिन काठमाण्डौ उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकोमा देशभरका नेवार समुदायलाई बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।य