• २०८३ बैशाख १२ गते शनिवार

प्युठानमा भीरबाट लडेर महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३, प्युठान। प्युठानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नं १ चुजाँ दारिमखर्क नजिकै भैसीबान्ने डाडोँको भिरबाट लडेर स्थानीय बसन्ती नेपालीको आज दिउसों मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

४० बर्षीय नेपाली जंगलमा बाख्रा चराउन गएको समयमा भिरबाट लडेको उहाँले बताउनुभयो । घट्नाको प्रारम्भिक कार्यपछी शवको पोष्टमार्टमका लागि प्युठान अस्पताल विजुवारमा पठाईने समेत सुचना अधिकारी गैरेले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस