• २०८३ बैशाख ८ गते मङ्गलवार

अवैध लागूऔषध सहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, मकवानपुर । प्रहरीले अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका(४ बैंकरोडस्थित सडकबाट करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ईन्द्रसरोवर गाउँपालिका-२ बस्ने ३१ वर्षीय सुदिप मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ना.५३ प ९९३७ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी भुटानदेविबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-१४ दुधौरा खोलास्थित सडकबाट करिब ७ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बस्ने ४५ वर्षीय अमित राउत कुर्मी र सोही ठाउँ बस्ने ५० वर्षीय बाशुदेव महतो रहेका छन् ।

डुमरवानाबाट सिमरातर्फ पैदल आउँदै गरको उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस