• २०८३ बैशाख ४ गते शुक्रवार

अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधान सभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी राजधानी दैनिकको प्रकाशकका रुपमा उनले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी ब्राेडसिट दैनिकको व्यावसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आएका थिए।

 

पछिल्लो समय सञ्चार उद्यमीको सङ्गठन मिडिया एयरलाइन्स र सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे वक्तव्यमा उल्लेख छ।

 

“कोभिड–१९ को महामारीमा जीवन गुमाउनुहुने उहाँ हाम्रो पार्टीका सदस्य हुनुहुन्थ्यो। म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,”  विज्ञप्तिमा भनिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस