श्रावण ४, काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौँको सितापाईलामा जीवनराम श्रेष्ठको पुत्लाको लास बनाई जलाएको छ । सीतापाईलाबाट एकाएक पचासौं मलामीसहित लास लिएर निस्किएको लावा लस्करलाई सेल्सबेरी पुगेपछि पुलिसले हस्तक्षेप गरेको थियो । 
आन्दोलनकारीले प्रहरी हस्तक्षेप पछि पेट्रोल खन्याएर पुत्ला दहन गरेका थिए । आन्दोलनका प्रमुख उपस्थिति संघका केन्द्रीय सचिव माहाराजा गुरुङले कोट सभामा उपस्थित कार्यकर्तालाई सम्बोधन गरेका थिए । संघका स्थायी कमिटी सदस्य मोदनाथ सिलवाल (सन्तोष)ले कोणसभा संचालन गरेका थिए । कार्यक्रममा संघका सचिवालय सदस्य तथा काठमाडौं संयोजक सन्तोष अयार्य, केन्द्रीय सदस्यहरु निसार उद्दिन, ईश्वर लोहनी, दिपेश श्रेष्ठ, सुजन केसी, सुमन अधिकारी, हिमशिखर मल्लहरुको उपस्थिती रहेको थियो ।
उक्त बिरोध कार्यक्रममा संघका केन्द्रीय सदस्य दिपेश श्रेष्ठ (पेरिस) र अर्का कार्यकर्ता विश्व राज गुरुङ घाइते भएका थिए । संघका सचिवालय सदस्य र केन्द्रीय सदस्यको उपस्थिति रहेको कार्यक्रममा नेकपा एमाले जिन्दावाद, माधवकुमार नेपाल मुर्दावाद, जिवनराम श्रेष्ठ मुर्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद जस्ता नारा लागेको थियो ।
![]()

