श्रावण ४, काठमाडौँ । पाँचजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले काठमाडौं महानरगपालिका-६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।