असार ४, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिक र क्रोएसियाले बराबरी खेल्दै अंक बाडेका छन । हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे । तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए । उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।
यस बराबरीसँगै समूह डी मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ । चेक रिपब्लिक तालिकाको शिर्ष स्थानमा रहेको छ भने क्रोएसिया तालिकाको तेस्रो स्थानमा रहेको छ ।