• २०८३ जेष्ठ ६ गते बुधवार

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, सुनसरी। छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा इटहरी उपमहानगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुलाल सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा बाबुलालले छिमेकी २२ वर्षीय मनुवा सदालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालग्रामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते मनुवालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस