जेठ ५, काठमाडौं । कोरोना भाइरसका कारण प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा करिब १० दिनदेखि आइसियूमा उपचारत कार्कीको आज निधन भएको हो।
उनी विगत एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रोग विभागको प्रमुखमा कार्यरत थिइन। डा. कार्कीले एमबिएस नेपाल मेडिकल कलेजबाट गरेकी थिइन। विपि विज्ञान राष्ट्रिय प्रतिष्ठान (धरान) बाट आँखामा एमडी गरेकी थिइन।