• २०८३ बैशाख ६ गते आइतवार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, भक्तपुर । सूर्यबिनायक नगरपालिका-९ नलिन्चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका-१० बस्ने ४३ वर्षीय शेर बहादुर भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जगातीबाट साँगातर्फ जादै गरेको बाग्मती प्रदेश-०३-००१ च ०८६६ नम्बरको माईक्रोबसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबस चालक भुजेलले उक्त नगद दिन खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस