जेष्ठ ५, मुगु । हिमाली जिल्ला मुगुमा एक जना कोरोना संक्रमित शिक्षक काठमाण्डौ रिफर गरिएको छ । भिमसेन थापा गाउपालिका गोरखा तथा कर्णाली माद्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ढकाल लाई श्वाश–प्रश्वाशमा समस्या भएपछि हेलिकोप्टर मार्फत काठमाण्डौको हेम्स अस्पतालमा लागिएको हो ।

संक्रमित ढकाल लाई जिल्ला अस्पताल ठिनि मुगुमा उपचारमा राखिएको थियो । जिल्ला अस्पताल ठिनी मुगुका सुचना अधिकारी पशुराम नेपालीले दिएको जानकारी अनुसार उनलाई जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको थियो अवस्था पनि सामान्य रहेको थियो , संक्रमितको मुगुमा आफन्तहरु नभएको र मन आत्तिए पछि आफ्नै स्व ईच्छाले तथा घर परिवारको सल्लाहल र निजि लगानी बाट ढकाल लाई सुविधा सम्पन्न अस्पतालमा उपचारको लागि रिफर गरिएको बताए ।

ढकालको पहिलेको भन्दा वर्तमानको अवस्था सुधारन्मुख रहेको छ । जिल्ला अस्पतालले अक्सिजन सँग उपचार दिई रहेको थियो उनले भने यता मेरो मनले उपचार गर्न नमानेको त होईन तै पनि आफ्नै ईच्छाले ब्यक्तिगत रुपमा हेलिकोप्टर चार्टर गरि काठमाण्डौ गएको संक्रमित ढकाले अनुभव सुनाए ।
ढकालको अध्यापन गराउने विद्यालय बाट हिजो मात्रै जिल्ला अस्पताल मुगुमा आइएपुगेका थिए । गएको आईतवार एन्टिजेन विधि वाट परिक्षण गर्दा उनी सहित अर्को शिषक लाई कोरोना संक्रमण पुष्टि भएको थियो । मुगुमा अहिले १ सय ५२ जनामा कोराना संक्रमण पुष्टि भएको छन् ।
