• २०८३ बैशाख ७ गते सोमवार

‘हाम्रो उम्मेद्वार देवकोटा नै हो, बादललाई समर्थन छैन : माधव नेपालको सचिवालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ५, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई सहयोग नगर्ने भएका छन् । मंगलबार राष्ट्रियसभा उपनिर्वाचनका लागि सहयोग माग्न गृहमन्त्री थापा कोटेश्वरस्थित नेपाल निवास पुगेपनि बादललाई सघाउने कुनै पनि वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको छ ।

उपनिर्वाचनमा आफ्नै पहलमा उम्मेदवार खिमलाल देवकोटा रहेको स्पष्ट पार्दै नेपालले अहिले अन्यथा गर्न नसक्ने जवाफ दिएका हुन् । त्यसपछि बादलले मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव राखेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

‘मोहन गौतमले सामाजिक सञ्जालमा लेखेका छन : “आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।

मोहन गौतम
पूर्व प्रधानमन्त्री मा. माधवकुमार नेपालको सचिवालय
२०७८ जेष्ठ ४ गते”

May be an image of 1 person and text

Sharing

प्रतिक्रिया दिनुहोस