बैशाख ६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८५ हजार नौसय पुगेको जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। योसगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ।