• २०८३ असार ८ गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी र भक्तपुरबाट २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, सुनसरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-१५ महादेव चोक बस्ने ६० वर्षीय मेघराज सन्जेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्जेलले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै भक्तपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुली घर भएका २० वर्षीय गणेश बोगटीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । गत फागुन १५ गते ती बालिकालाई बोगटीले जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ महानगरीय वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस