चैत ६, बाँके । बैजनाथ गाउँपालिका(१ चिसापानी बजारबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला १ थान, कस्तुरीको बिना १ थान र भालुको पित्त २ थान सहित दैलेख चामुण्डा नगरपालिका(२ बस्ने ४२ वर्षीय चिन बहादुर थामी मगर लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उक्त ओखेटोपहार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।