चैत ६, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार शुक्रबार दिउँसो दुई पुरूषको शव फेला परेको हो ।
एक पुरूष अन्दाजी ३०-३२ र अर्का २०-२२ का रहेको उनीहरूको पहिचान खुल्न नसकेको घटनास्थलमा आफैं पुगेका एसएसपी सिंहले बताए। प्रहरीले घटनास्थलबाट विषका बट्टाहरू पनि फेला पारेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।