• २०८३ बैशाख ४ गते शुक्रवार

विश्व बैंकद्वारा कोरोना खोप किन्न नेपाललाई ८ अर्ब ७० करोड ऋण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौँ। कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर ९८ अर्ब ७० करोड रुपैयाँ वित्तीय सहायता (ऋण)  प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो ।

नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको छ ।

यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले जनाएको छ । कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस