फागुन ७, काठमाडौं । नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।
प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त
आजै सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गर्नु भएको हो ।
