फागुन ७, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ५ ले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने भएके छ । सो अवसरमा वडा कार्यालयले ६० वर्ष माथिका वृद्धहरुको निशुल्क आँखा शिवीर तथा ल्याब परिक्षण गरिने तारकेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्य्रक्ष बासु प्रसाद गौतमले जानकारी दिनुभयो ।
वडा अध्यक्ष गौतमका अनुसार तारकेश्वर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाले तारकेश्वर नगरपालिका वडा नं. ५ मा स्थायी रुपमा बसोबास गर्दै आउनुभएका ७० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिने साथै ६० वर्ष भन्दा माथिका नागरिकको निशुल्क आँखा शिवीर तथा ल्याब परिक्षण गरिने भएको हो । उहाँले फागुन १२ गते विहान ११ बजे वडा कार्यालयमा नागरिकता, परिचय पत्र वा सामाजिक सुरक्षा भत्ता परिचय पत्रको सक्कल कपी लिई उपस्थित हुन सबै जेष्ठ नागरिकहरुलाई अनुरोध गर्नुभएके छ ।
