• २०८३ बैशाख ५ गते शनिवार

मकवानपुरमा गाँजासहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, मकवानपुर । मकवानपुरमा प्रहरीले २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ बाट राक्सिराङ गाउँपालिका–१ पलासेका नवराज थिङ र बाबुराम थोकरलाई गाँजासहित पक्राउ गरेको हो ।

थिङ अटो चालक हुन् । ना. १ ह ७२३६ नम्बरको अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस