• २०८३ जेष्ठ ७ गते बिहिवार

रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, रामेछाप। रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार बिहान सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरको बस मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएको छ ।

सदरमुकाम मन्थलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि सालुका विद्यार्थी र स्काउटको टोली चढेको बस दुर्घटनामा परेको हो । घाइतेहरुको अहिले तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरलाई साइट दिने क्रममा तीव्र गतिका कारण अचानक बस सडकमै पल्टिएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस