• २०८३ बैशाख १८ गते शुक्रवार

नेपाली कांग्रेसका सभापति देउवाद्धारा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ७, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनको रूपमा स्मरण गर्नुभएको छ । उहाँले प्रजातन्त्र दिवसको अवसरमा विगतको स्मरण गर्दै शुभकामना दिनुभएको हो ।

एक विज्ञप्ती जारी गर्दै देउवाले भन्नुभयो, ‘७० बर्ष अघि २००७ को कार्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो ।’

समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२र६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै रहेको उहाँको भनाइ छ । यस अवसरमा उहाँले सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति श्रद्धा र सम्मान समेत व्यक्त गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस