• २०८३ बैशाख ५ गते शनिवार

“साझा घर” बालकदेखि बृद्धासम्मकोे साहारा

जितेन्द्र थापा पढ्न लाग्ने समय : २ मिनेट

माघ ६, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको साझा घर बालकदेखि बृद्धासम्मकोे साहारा बनेको छ । ‘साझा घर’ भन्न बित्तिकै सबैको घर भन्ने बुझिन्छ । बाध्यता र परिस्थतिले कसैलाई सदनमा पु¥याउँछ भने कसैलाई सडकमा ।

 

तर आजभोली सबैतिर साझा घर भन्ने बिरलै देख्न र सुन्न पाईन्छ, तर सुर्खेतमा साँच्चिकै एउटा यस्तो घर छ जहाँ सबै अट्न सक्ने ‘साझा घर नेपाल’ जहाँ थरी — थरीका मानिसहरु बस्छन् । त्यहाँ बस्ने सबैका पीडा फरक— फरक छन् । उनीहरुको दुःख बिसाउने, भोक लाग्दा खानादिने, निन्द्रा लाग्दा सुत्न दिने, तिर्खा लाग्दा प्यास मेटाउने घर नै साझा घर बनेको छ । सडकमा माग्दै हिड्ने, बेवारिसे अवस्थामा भेटिएका, समाजिक भेदभावमा परेका, असाहय जो आðनो भोगको मेटाउन सडकका गल्लीमा धाउने गर्छन् । त्यस्ताको अभिभावक बनेको छ ‘साझा घर नेपाल’ ।

२०७५ साल चैत्रमा वीरेन्द्रनगर वडा नम्बर—९ लाटिकोइलीमा स्थापना भएको स्थित ‘साझा घर नेपाल’ जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट अनुमति पाएदेखि हालसम्म निरन्तर सेवामा जुटिरहेको छ । कर्णालीका १० जिल्ला र अन्य प्रदेशमा रहेका बेसाहारालाई साहारा दिएर घरपरिवारसँग पुनः मिलन गर्ने गरेको साझा घर नेपालका अध्यक्ष हिमाल विश्वकर्माले बताए ।

‘साझा घरमा एक दिनको बच्चादेखी ७० वर्ष सम्मका बृद्धाहरुले आश्रय लिइरहेका छन्,’ अध्यक्ष विकले भने, ‘हामी कहाँ बढी जसो अनाथ बालबालिका छन् ।’ अहिले साझा घरमा ३० जना बालबालिका र अन्य एकल महिला, जेष्ठ नागरिक र अपाङ्ग गरी ५३ जना रहेका छन् । अध्यक्ष विकका अनुसार बालबालिकालाई विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन् ।

मुट्ठी दान र जन्मदिनले मात्र धानिएको साझा घर विभिन्न अभाव झेल्दै आएको छ । ‘व्यक्तिगत रुपमा र समाजसेवी मनहरुबाट नै साझा घर चलेको छ । जन्मदिन र बिवाह उत्सवको अवसर परेपछि फाट्टफुट्ट मान्छेहरुले दान गर्छन्,’ विकले भने, ‘तर राज्यबाट हामीले एक रुपैयाँ पनि सहयोग पाएका छनैनन् । कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिमका तीन वटा ठाँउमा समेत शाखा रहेका छन् । साझा घर नेपालले मासिक ३६ हजार भाडामा लिएर सेवा गर्दै आएको छ । यसैबीच पुसमैं बेवारिसे अवस्थामा मंगलगढी चोकमा बच्चा जन्माएकी एक महिलालाई साझा घरमैं पुगेर सहयोग गरिएको छ । समाजेवी तिर्थ सुनारले साझा घरमा पुगेर ती महिलालाई खाद्यान्न तथा नगद सामग्री सहयोग गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस