• २०८३ बैशाख १० गते बिहिवार

लागुऔषधसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, झापा । झापाबाट लागुऔषधसहित सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बुद्धशान्ति गाउँपालिका(४ किराँत चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही ठाउँका २२ वर्षीय प्रवेश माझी पक्राउ परेका छन्।

प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो। पक्राउ परेकाउपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस