• २०८३ बैशाख २५ गते शुक्रवार

‘तोकिएको मितिमै निर्वाचन जरुरी’ : राष्ट्रपति

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवनमा सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन ०७६/७७ ग्रहण गर्दै उनले तोकिएको समयमै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरुरी भएको बताएकी हुन् ।

स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम आयोगको भएको बताइन् । निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गराउन, मताधिकार सुनिश्चित गर्न र मतदानस्थल तथा केन्द्र मतदातामैत्री बनाउन उनले सुझाव दिइन् ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस