पुस ३, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १८९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ९९७ को पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ९३ पुगेको छ । पछिल्लो समय थप २५० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ हजार ६०३ पुगेको छ ।