पुस ३, चरीकोट । वागमती प्रदेशका नवनियुक्त वन तथा वातावरणमन्त्री विशाल खड्कालाई गृहजिल्ला दोलखामा स्वागत गरिएको छ । खड्काले प्रदेशको वन तथा वातावरण मन्त्रालयलाई संविधानले नै मान्यता दिएको र राजनीतिकरुपमा विभेद नगरी आफ्नो मन्त्रालयको कार्यक्षेत्रभित्र कानूनको अधिनमा रही नागरिकको आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रेस सेन्टर नेपाल दोलखाले चरीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालमा राम्राराम्रा काठ पर्याप्तमात्रामा हुँदाहुँदै बाहिरी देशबाट काठ आयात हुने तथा वनसम्बन्धी कार्य गर्न कानूनी समस्या भएको हुँदा आफूले त्यस विषयमा अध्ययन गरी सुधारका लागि पहल गर्ने बताउनुभयो ।
काठ वितरणसम्बन्धी कानूनमा सुधार गरेर वातावरणीय हिसाबले प्रयोग गर्ने मिल्ने रुख कटानी गरी त्यसको वितरण सहज गराउन आफुले प्रयत्न गर्ने मन्त्री खड्काले बताउनुभयो । उहाँले दोलखाबाट आफू प्रदेशसभा सदस्य हुँदा तत्कालीन नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचित भएको र अहिले कांग्रेससँगको गठबन्धनको सरकारमा मन्त्री भएको हुँदा सबै मतदाताको मतको कदर गर्नुपर्ने दायित्व रहेको स्मरण गर्नुभयो । प्रदेश सरकारमा मन्त्री नियुक्त भएपछि पहिलोपटक दोलखा आउनुभएका मन्त्री खड्कालाई विभिन्न सङ्घसंस्थालले स्वागत गरेका छन्