• २०८३ असार १२ गते शुक्रवार

एमाले सचिवहरुको वरीयता सच्याइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ३, काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित सात सचिवको वरीयता सच्च्याएको छ । नयाँ वरीयता क्रमअनुसार टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् । त्यस्तै, क्रमशः लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्यालको वरीयता कायम गरिएको छ ।

यसअघि छविलाल विश्वकर्मा र रघुवीर महासेठभन्दा गोकर्ण विष्ट र योगेश भट्टराई पछाडि थिए । नयाँ वरीयताअनुसार गोकर्ण र भट्टराई माथि उक्लिएका छन् भने विश्वकर्मा र महासेठ पछाडि परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस