मंसिर २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ सय ९९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १८ हजार ३ सय ७ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ४२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९९ हजार १ सय ७६ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ जना पुगेको छ ।