• २०८३ असोज १० गते शनिवार

माइती नेपाल द्वारा स्थानीय स्तरमा मनोरंजन छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, कपिलवस्तु । स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदंड मस्यौदा तयार गर्न स्थानीय मानव वेचविखन नियन्त्रण समिति संग परामर्श कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।

No description available.

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।  कार्यक्रममा बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो ।

No description available.

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले उपस्थित सबैलाई धन्यवाद दिदै स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदंड मस्यौदा तयार गर्न आफूले कार्यपालिका मा उक्त बिषय लैजादै आवस्यक पहल समेत गर्ने बताउनुभयो।

No description available.

कार्यक्रममाको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो। कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव ले गर्नुभयो।

उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, ,पत्रकार, कर्मचारी, मानव बेचविखन नियन्त्रण नगर स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो किार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस