• २०८३ जेष्ठ २२ गते शुक्रवार

स्वास्थ्यकर्मीलाई दिने भनिएको कोरोना जोखिम भत्ता दिन्छौं : स्वास्थ्य मन्त्री खतिवडा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारले स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता दिने बताएका छन् । आज त्रि. वि. शिक्षण अस्पतालमा बालबालिकालाई दिइने फाइजर खोप अभियानको अवलोकन गरेपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खतिवडाले सरकारले बोलेको कुरा पुरा गर्ने बताए ।

खतिवडाले भनेअर्थ मन्त्रालयसँग रकम निकासाको माग गरिरहेका छौं,रकम निकासा हुने बितिकै वितरण गर्ने छौं। प्राविधिक कारणले जोखिम भत्ता समयमा नै उपलब्ध गराउन नसके पनि म विश्वास दिलाउछु सरकारले बोलेको कुरा दिन्छौं।

त्यस्तै उनले कोरोनाविरुद्धको खोप अभियानलाई अहिले निकै सहज बनाएको र खोप शत प्रतिशत जनताहरुमा पुर्याउने उदेश्यका साथ अगाडि बढेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस