कात्तिक ०१, सुनसरी । धरानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी किनारास्थित उदयपुरको बेलका नगरपालिका- ८ लाहुरेखोँचमा दुर्घटना भएको छ । धरान उपमहानगरपालिका– ४ बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ अचानक वर्षातसँगै आएको हावाहुरीले उडाएर सप्तकोशीको लाहुरेखोँच पुर्याएका थिए ।

प्याराग्लाइडिङ दुर्घटनामा धरान उपमहानगरपालिका– ४ का ४८ वर्षिय रोसन अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले जनाएका छज । घाइते अधिकारीको दुर्घटनामा पछाडिको ढाड भाँचिएको हुन सक्ने अनुमान गरिएको छ । उनलाई तत्काल उद्धार गरि उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान (घोपा) पठाईएको चतरास्थित अस्थायी प्रहरी पोष्टले जनाएको छ ।