• २०८३ भाद्र २४ गते बुधवार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, सिरहा । पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाइलमा आज विङ्गर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७४१७ नंको विङ्गरले प्र२–००३–०१४प ८४३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका कशहा निवासी २४ वर्षीय सुरेश महतो भनिने अमृत महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोमा ओभरटेक गर्ने क्रममा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुर्घटनापश्चात विङ्गर इलाका प्रहरी कार्यालय धनगढीमा राखिएको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस