असोज २, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सात प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ । क्यानले शनिबार सबै प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको हो ।

क्यान प्रदेश संरचनामा जाने योजना बनाएसँगै सबै प्रदेशका लागि प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । क्यानले प्रदेश नम्बर–१ को प्रशिक्षकमा पुष्प थापा, प्रदेश नम्बर–२ को प्रशिक्षकमा प्रकाश शर्मा र सुनील शाह, वाग्मती प्रदेशको प्रशिक्षकमा सञ्जय महर्जन, गण्डकी प्रदेशको प्रशिक्षकमा रिजन प्रजु, लुम्बिनी प्रदेशका लागि वसन्त शाही र जमिल अन्सारी, कर्णाली प्रदेशका लागि वीरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशका लागि खेमराज भट्ट र जानकी भट्ट प्रशिक्षक नियुक्त भएका छन् ।