भदौ २, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ३९ हजार ९ सय ७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार १ सय ४ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ८९ हजार १ सय ७३ जना रहेको छ । यस्तै आज ४२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ जना पुगेको छ ।