• २०८३ बैशाख १० गते बिहिवार

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री बन्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, २ काठमाडौं ।  नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्।

पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्। ‘उहाँ भर्खरै संसदीय दलको नेतामा चुनिनुभयो,’ एमाले सांसद बद्री मैनालीले  जानकारी दिए ।

माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई आजै साँझ वा भोलि विहानसम्म वागमतिको मुख्यमन्त्री बनाइने भएको छ । नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस