• २०८३ असार १ गते सोमवार

अछाममा रुखबाट खसेर दुईजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, २ काठमाडौं । घाँस काट्ने क्रममा खसेर अछामको रामारोशन गाउँपालिकामा दुई जनाको ज्यान गएको छ।

रामारोशन गाउँपालिका–४ बाटुलासेन निवासी १७ वर्षीया लक्ष्मी विकको ज्यान गएको हो। सोमबार दिउसो घाँस काट्न गएकी लक्ष्मी मंगलबार बिहानसम्म घर नआएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले जानकारी दिएका छन्।

सोही गाउँपालिका– मैठामाण्डुका ६५ वर्षीय जोगी बटालाको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको स्थानीय जोसिला साउँदको भनाइ छ। सालिमकोट भन्ने स्थानमा भैसीलाई घाँस काट्न गएका बेलामा मृत्यु भएको बताइएको छ।

ग्रामीण भेगमा प्रायः गाइवस्तु चराउन जाँदा र घाँस काट्ने क्रममा भीर र रुखबाट खसेर मृत्यु हुने गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस