• २०८३ बैशाख ३१ गते बिहिवार

चीनबाट आज ८ लाख डोज खोप आउँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, २ काठमाडौं । चीनबाट आज  आठ लाख डोज भेरोसेल खोप आउने भएको छ।  चीनसँग  खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट आज आठ लाख र भोलि आठ लाख डोज खोप आउने छ। बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।

यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी  १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस