• २०८३ बैशाख ६ गते आइतवार

स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, एजेन्सी । स्विडेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् । स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो । जसमा फोर्सबर्गले सहजै गोल गरे ।

यस जितसँगै समूह ई मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो समेत बनाएको छ । स्विडेन समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस