• २०८३ बैशाख २९ गते मङ्गलवार

थप दुई हजार ७६८ कोरोना संक्रमित थपिए, चार हजार २० कोरोनामुक्त, ४४ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा सात हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७६८ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १७ हजार ९४७ पुगेको छ ।

मन्त्रालयका अनुसार एन्टीजेन बिधिबाट पोजेटिभ पाइएकाहरुको संख्या २४ हजार ८६१ छ । हाल नेपालमा ५९ हजार ६२४ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा चार हजार २० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८९ प्रतिशत पुगेको छ ।

गएको चौबीस घण्टामा ४४ जना कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणको कारणले आठ हजार ६४१ जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस