• २०८३ असार १ गते सोमवार

नेदरल्यान्ड्स नकआउट चरणमा, अष्ट्रियालाई २-० गोल अन्तरले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, एजेन्सी । नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए । यस जितसँगै समूह सी मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो ।

नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस