असार ४, एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट खेल प्रदशन गर्दे लगातार दोस्रो जित निकालेको छ । कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २(१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा पिएरे इमिलको पासमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा ब्रुएनाको पासमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७१ औं मिनेटमा कप्तान इडेन हाजार्डको पासमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए । ब्रुएन खेलको ४६ औं मिनेटमा मेर्टेन्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितसँगै समूह बी मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।