• २०८३ बैशाख ७ गते सोमवार

युक्रेनद्धारा नर्थ म्यासेडोनियालाई २-१ गोल अन्तरले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, एजेन्सी । युक्रेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।

खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा एलिओस्कीले एक गोल फर्काएपनि युक्रेन २-१ ले विजयी भयो । एलिओस्कीले प्रहार गरेको पेनाल्टी युक्रेनका गोलकिपर जर्जले रोकेका थिए । तर, त्यहिँ पेनाल्टीको रिबाउन्डमा उनले गोल गेर । यस्तै खेलको ८४ औं मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।

यस जितसँगै समूह सी मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस