जेष्ठ ४, मुगु । पछिल्लो समय हिमाली जिल्ला मुगुमा कोरोना भाईरसको संक्रमण तिव्र गतिमा बढि रहेको छ । संक्रमितहरु लाई जिल्लामा बस्नको लागि आईसोलेसन बेड नहुन अक्सिजन , र भेन्टिलेटर नहुँदा यहाँका संत्रमितहरु होम आईसोलेनमै दिन कटाई रहेका छन् ।

जिल्लामा कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमित दिन प्रतिदिन भेटिदै गए पछि संक्रमितका लागी अति आवश्यक अक्सिजन ,भेन्टिलेटर ,आइसियु बेड लगायत पूर्व तयारी अवस्थामा नहुँदा कडा खालका संक्रमित उपचार गर्न जिल्ला अस्पतालमा पुगेता पनि भगवानको भरोसामा रहेका छन् । अहिले जिल्लामा कोरोना संक्रमितको संख्या १ सय नाघि सकेको छ ।
जिल्लामा दिन प्रतिदिन संक्रमितहरु फेला पर्न थाले पछि समुदाय स्तर सम्म पनि त्रास फैलिरहेको छ । मुगुमा एक नगरपालिका सहित ३ गाउपालिका रहेका छन् । तर यि गाउका सिंहदरवारले संक्रमित लगायत अन्य नागरिक लाई कोरोना भाईरस सम्बिन्ध घाउमा मलम लगाउने प्रयास त परै जावस सिन्को पनि नभाँचेको पाईएको छ ।
जिल्लामा रहेका चार वटा स्थानीय तहहरू मध्य मुगु कार्मारोङ्क गाउँपालिकामा १० सोरू गाउपालिकाले २० , खत्याड गाउँपालिकाले ५ वटा र छायानाथ रारा नगरपालिकाले जिल्ला अस्पताल मार्फत १० वेडको आइसोलेसनमा भर परेको छ । जिल्ला भरीमा आइसियु कुनै पनि सेवा सुविधा छैन भेन्टिलेटर नभएकोले आइसियु नभएको हो तर आइसियु र भेन्टिलेटर कै जस्तो सेवा दिने खालको चिकित्सकहरूले एलजियु (हाई डिपेन्नेन्ट युनिट)को व्यवस्था गर्नु भएको जिल्ला अस्पताल मुगुका निर्मित स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले जानकारी दिए ।
अस्पतालमा हाल दुई अक्सिजन सिलिन्डर मात्र छन् । २७ वटा खालि सिलिन्डर भर्नाका लागी नेपालगन्ज पठाइएको छ । उपलब्धताका लागी सरकारसँग माग गरे पनि कुनै सुनुवाइ भएको छैन बुढाले भने भोलिका दिनमा यस्ता खालका संक्रमित बिरामीहरू आएमा सकेजती सेवा दिउला थप उपचार गर्न सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नु बाहेक कुनै विकल्प नरहेको बताए । दिनानुदिन दिनु संक्रमितहरूको सङ्ख्या बढ्न थालेको भए पनि यहाँका चारै स्थानीय तहहरू यसको रोकथाम तथा नियन्त्रणका लागी खासै कदम चालेको देखिँदैन । भित्रभित्रै कोरोना समुदाय स्तरमा फैलिँदै गए पनि यसको नियन्त्रण,उपचार र परीक्षणका लागी स्थानीय सरकारहरूले पहल नगर्दा कोरोनाले जिल्लामा भयावह अवस्था लिन सक्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराई बताउछन् ।
कार्मारोङ्गमा डाक्टर विहिन
जिल्लाको उत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउपालिकामा चिकित्सक अभाव रहेको छ । गत वर्षको कार्तिक महिनाको एक गते देखि माघ १ गते सम्म १० बेडको अस्थाथि कोभिड अस्पतालको लागि २ जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगिको भरमा कोभिड अस्पताल ज्येन तेन सञ्चालन गरिएको थियो आर्थिक अवस्था कमजोर भए पछि त्यस वखत सञ्चालनमा नरहेको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।
उनले भने अहिले दोश्रो लहरको कोरोना भेरियन्ट रोग तिव्र गतिमा फैलिरहदा यस गाउपालिका पनि उच्च जोखिममा रहेको हुदा नया भेरियन्टको कोभिड लाई रोकथाम तथा नियन्त्रण गर्न र कोभिड संक्रमित ब्यत्तिलाई उपचार गराउनको लागि पुन अस्पताल लाई सञ्चालनमा ल्याउन यहि महिनाको बैशाख १७ गते बसेको गाउ कार्यपालिकाको बैठकले सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र केन्द्र सरकार लाई आवश्यक बजेट तथा जनशक्ति पठाउन माग गरि निर्णय गरेता पनि कुनै पनि सुनुवाई नगरेको कार्यकारी कठायतको भनाई छ ।

