जेठ ४, बाँके । लकडाउनको अवज्ञा गर्ने ८० वटा सवारीसाधनलाई फत्तेपुर प्रहरी टोलीले कार्वाही गरेको छ । प्रहरी टोलीले फत्तेपुर सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने मोटरसाइकल १४ वटा, चार पाङ्ग्रे सवारी साधन १७ वटा, अटो रिक्सा ३७ वटा र साइकल १२ वटा लगायतलाई सोमबार केही समय होल्ड गरी सम्झाई बुझाई गरी छाडेको हो ।

देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशन अनुसार अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक जंग बहादुर एमसीको कमान्डमा प्रहरी टोली खटिएको छ । मास्क अनिवार्य लगाउन सचेतना अभियान समेत गरिरहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।