चैत ५, काठमाडौं । पार्टीभित्रको असन्तुष्ट झलनाथ खनाल–माधव नेपाल समूहले राजधानीमा राष्ट्रिय भेला गरिरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबारका लागि संसदीय दलको बैठक बोलाउनु भएके छ । नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।
संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । मुख्य सचेतक भट्टराई अनुसार समसामयिक परिस्थिति, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीका समस्यालाई निराकरण गर्नेबारे संसदीय दलको बैठकमा छलफल हुनेछ ।