• २०८३ जेष्ठ २५ गते सोमवार

दुई युवती बलात्कृत, दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौँ। काठमाडौँमा १७ र दार्चुलामा २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । काठमाडौंमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० मा बसोबास गर्दै आएका खोटाङ खिदिम गाउँपालिका–७ का १९ वर्षीय सागर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस्तै दार्चुलामा २१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौगाड गाउँपालिका–१ सतलाका २३ वर्षीय पानसिंह ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । दुबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस