• २०८३ भाद्र ३ गते बुधवार

लागुऔषधसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौँ। पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् ।

मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस