माघ ५, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन । प्रदेश १ का मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड-नेपाल समूहका जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका हुन ।

प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी गजमेरले ‘घोषणा गरिसकेका नभएपनि ‘तर, हामी त्यो निर्णयमा पुगेका बताएकी हुन ।
नेकपाका ३७ सदस्यले मुख्यमन्त्री शेरधन राई विरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये अब उक्त समूहमा ३२ सांसद बाँकी छन्।