माघ ५, झापा । दमकमा चार सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान ९ बजे दमक नगरपालिका-४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र मोटरसाइकल ठोक्किएका हुन्।
झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार सुरूमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१(००३ ह ६२४ नम्बरको अटो ठोक्किएका थिए। एम्बुलेन्स र अटो ठोक्किएपछि एम्बुलेन्सभन्दा पछाडि रहेको को११प ९५२५ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व जाँदै गरेको को२५प १९३३ नम्बरको स्कुटर ठोक्किएका थिए।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार दुर्घटनामा अटोमा सवार ४० सन्तोष श्रेष्ठ र अटो चालक उर्लाबारी नगरपालिका-४ का देवेन्द्र बुढाथोकीको मृत्यु भएको हो बुढाथोकीको घटनास्थलमै र श्रेष्ठको उपचारका लागि उर्लाबारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटोमा सवार झापा दमक-४ का २० वर्षीय राजु सिलवाल र मोटरसाइकल चालक दमक-२ का २८ वर्षीय रमेश पोखरेल घाइते रहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।